मालवाहक गाडीहरु अलपत्र, चालक/मजदुर भोकै

फाइल तस्विर 

चैत्र ११, काठमाडौं । नेपाल सरकार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी १८ गते सम्मको लागि गरेको लकडाउन निर्णयका कारण मालवाहक गाडीहरु अलपत्र परेका छन् । 

लकडाउन गर्ने निर्णय गरेको अवस्थामा ९ र १० गते विभिन्न सामाग्री लोड गरि गन्तव्यतर्फ गएका धेरै मालबाहक सवारी साधनहरू अकस्मात रूपमा सरकारबाट देश भर लकडाउन गर्ने निर्णयले देशको विभिन्न स्थानहरूमा लोड र खाली गरेर फर्कने क्रममा अलपत्र अवस्थामा रोकिएका हुन् । 

देश लकडाउनका कारणले मूख्य सडकमा रहेका सम्पूर्ण होटल रेष्टुरा समेत बन्द भएका कारण ढुवानीका सवारी साधनको चालक र मजदुरहरू भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । 

हिजो १० गते बिहान १० बजे आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री लेखराज भट्टको संयोजकत्वमा बसेको बैठकमा ढुवानीका सवारी साधनलाई अत्यावश्यक उपभोग्य सामग्री लिएर निर्वाध रुपमा सञ्चालन गर्ने भन्ने छलफल भएकाे थियाे ।   

तर हाल आएर गृह मन्त्रालयको समन्वयको अभावमा हो वा अन्य सुरक्षाका कारणले देशका विभिन्न स्थानहरू धादिङ्गको नौबिसे, चितवनको नारायणगढ, लोथर, सिरहाको लहान,कोशि ब्यारेज, कपिलबस्तु लगायत स्थानमा अलपत्र परेका छन् ।  

यस प्रकारका अत्यावश्यक सामग्री एक स्थानबाट अर्को स्थानमा स्तानान्तरण गर्ने ढुवानीका साधनहरूलाई रोकिदिँदा केही दिनपछि दैनिक उभभोग्य सामग्रीहरू एक स्थानबाट अन्यत्र लैजान ढुवानीका साधनहरू उपलब्ध नहुन सक्ने भन्दै महासंघका महासचिब बानियाले चिन्ता समेत व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *