लघुवित्तको आईपीओ भर्ने हैन त ? भोलिदेखी आवेदन खुल्ला
मकालु खबर
२०७५ मंसिर १ गते
मंसिर १, काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार (मङ्सिर २)देखि निष्कासन तथा विक्री खुला हुने भएको छ ।
कम्पनीले रू. १ सय अङ्कित दरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा छिटोमा मङ्सिर ५ देखि ढिलोमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।
null
कम्पनीको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ७९ लाख ४३ हजार रुपैयाँ छ । सामुदायिकले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला गर्दैछ । यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ । यसको खराब कर्जा १.२३% रहेको छ ।
मकालु खबर
२०७५ मंसिर १ गते
प्रतिक्रिया