बेल्जियमसँग स्विजरल्याण्ड पराजित, बेल्जियमको दुवै गोल लुकाकुले गरे

एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले स्विजरल्याण्डलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमले स्विजरल्याण्डलाई २ – १ ले हराएको हो । 

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि रोमेलु लुकाकु नायक बने । बेल्जियमको दुवै गोल लुकाकुले गरे । स्विजरल्याण्डका मारियो गाव्रानोविचले एक गोल फर्काए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ७६ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गर्दै खेल बराबरीमा ल्याए । 

null

 

तर, खेलको ८४ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २ – १ को जित दिलाए । 

जितसंगै लिग ‘ए’ अन्तर्गत समूह २ मा रहेको बेल्जियमले ३ अंक जोडेको छ । बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । स्विजरल्याण्ड २ खेलबाट ३ अनक जोडेर दोस्रो स्थानमा छ । अंकबिहिन आइसल्याण्ड पुछारमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *