स्वयम्भुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

असोज १, काठमाडौँ । काठमाडौँको स्वयम्भुमा यात्रुबाहक बसले एक मोटरसाइकललाई ठक्कर दिंदा एक २० वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ ।   

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा ठक्कर दिंदा उक्त मोटरसाइकल चालकको मृत्यु भएको हो ।   

प्रहरीका अनुसार सानो भर्याङ बस्ने २० वर्षीय मोटरसाइकल चालक सम्मान भट्टको मृत्यु भएको हो । 

Image may contain: 1 person, standing, outdoor and nature

हाल मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । 

भट्टलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिई बस चालक  खडानन्द अधिकारीलाई सवारी ज्यान मुद्दामा कारबाही चलाइएको प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *