के हो माइग्रेन ? माइग्रेन हुन बाट कसरी बच्न सकिन्छ ?

माघ १२, काठमाडौं । बदलिँदो जिवनशैली र तनाबग्रस्त जीवन यापन गर्ने जो कोहीलाई माइग्रेन हुने गर्दछ । सामान्य कुरामा पनि तनाब लिने, अत्याधिक भिडभाड, होहल्लामा काम गर्नेहरुलाई माइग्रेन हुने संभावना बढि हुने न्यूरोफिजिएशियन तथा न्यूरोलोजिस्ट डा. समर्थ सिंह बताउँछन् । 

विराटनगर स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका न्यूरोलोजिस्ट डा. समर्थ सिंहका अनुसार अत्याधिक टाउको दुख्यो, लगातार टाउको दुख्यो भनेर बजारमा पाइने सामान्यतया सिटामोल र ब्रुसेट जस्ता औषधी मात्र खाएर निको हुँदैन । यसरी तारन्तार टाउको दुख्नु, वान्ता हुनु, लाईटमा हेर्न नसक्नु, चर्को आवाज सहन नसक्नु माइग्रेनका लक्षण हुन । तुरुन्तै न्यूरोलोजिस्ट कहाँ गएर जचाउँनु बुद्धिमता हुन्छ । 

‘सामान्यतयाः टाउको दुख्ने वित्तिकै पारासिटामोल र ब्रुसेट जस्ता दुखाई सहने औषधी सेवन गर्ने चलन छ । जुन सरासर गलत हो ।’ डा. समर्थ भन्छन् ।   

माइग्रेन भयो भन्दैमा आत्तिनुपर्ने अवस्था पनि छैन । फार्मेसिस्टले सजिलै माइग्रेन भएको थाहा पाउँदैनन् । त्यसका लागि विषेशज्ञ डाक्टरले नै जाँच्नु पर्दछ । माइग्रेन भनेको टाउको दुखाई मात्रै हो । माइग्रेन पुरुष र महिलामा पनि फरकफरक हुन्छ । ८ प्रतिशत पुरुषलाई माइग्रेन हुँदा ३० प्रतिशत महिलालाई माइग्रेन हुने संभावना हुन्छ । त्यसमाथि पनि महिनावारी अगाडी र पछाडी महिलामा टाउको दुख्ने, वान्ता हुने लक्षण धेरै देखिन्छ । यो कतिपय बालबालिकालाई पनि हुन्छ भने, प्रायः ३५ देखि ५० वर्ष उमेर समुहकालाई कम हुदैँ जाने गरेको डा.समर्थको भनाई छ  

हेर्नुहोस भिडियो 

https://youtu.be/4cTQaXP7kdM 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *