सगरमाथा आरोहणमा बाटो खुलाउन शेर्पा टोली चुचुरोमा

 

बैशाख ३१, काठमाडौँ । यो सिजनको सगरमाथा आरोहणमा ८ सदस्यीय शेर्पा टोली चुचुरोमा पुगेको  पर्यटन विभागले जनाएको छ । 

पर्यटन विभागले जनाए अनुसार आरोहीहरुका लागि बाटो बनाउँदै हिँडेको शेर्पा टोली मंगलबार अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको हो । 

null

आरोहण सुरु हुनु अगावै डोरीसहित गएका शेर्पाले बाटो बनाउनु पर्ने हुँदा सगरमाथा आरोहणका लागि गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा रहेका छन् । 

यसरी चुचुरोमा पुग्नेमा सोलुखुम्बुका दार्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, संखुवासभाका पासदावा शेर्पा, दावा नुर्व शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा रहेका छन् । उनीहरु मंगलबार दोलखाका शिद्धिवहादुर तामाङको नेतृत्वमा चुचुरोमा पुगेका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *