चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको निधन

कात्तिक २१, चितवन । चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको ८४ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।  

जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउन क्रियाशील रहेका वामपन्थी नेता मास्केको आज विहान समयमा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।  

भोजपुरमा जन्मेर गोरखा र वन्दीपुरमा बाल्यकाल बिताउनुभएको मास्के २०१४ सालमा चितवन झरेका थिए । मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौँमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।  

null

रेडक्रसका केन्द्रीय उपाध्यक्ष, बालकुमारी कन्या माविका व्यवस्थापन समितिका पूर्वअध्यक्ष, लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष, नारायणी कला मन्दिरका पूर्व अध्यक्षसमेत रहेका मास्केले लामो समय चितवनको शिक्षा क्षेत्रमा योगदान पुर्याएका थिए । उहाँ चितवनको प्रसिद्ध व्यवसायी समेत हुन् । उनका एक श्रीमती २ छोरा र १ छोरी छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *