मन्त्री लामाको पहलमा ३ करोडको पुल वन्दै

चैत ३० गते । प्रदेश सरकारको लगानीमा चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ र ५ लाई जोड्ने खहरे खोलामा निर्माण गर्न लागिएको पुलको शनिवार शिलान्यास गरिएको छ । 

प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा राप्ती ४ को भवानीपुर र ५ को चौकी डाँडा जोड्ने गरि पुल निर्माण हुन लागेको हो । निर्माण गर्न लागिएको सो पुलको शनिवार मन्त्री लामाले शिलान्यास गरे । 

 

null

सो अवसरमा मन्त्री लामाले समय र गुणस्तरलाई ध्यान दिदै काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । पुल निर्माणका लागि एम आर एण्ड गु्रप प्रालिले जिम्मा पाएको छ । मन्त्री लामाले समस्या पहिचान गरि योजना ल्याए वजेटको अभाव हुन नदिने स्थानीयलाई आश्वस्त पारे । २० मिटर लम्वाई र १२ मिटर चौडाईको पुल निर्माण हुनेछ । 

२ वर्ष अघि आएको वाढीले खहरे निर्माण गरिएको सामान्य पुल भत्किएको थियो । पुल भत्कदा आवतजावतमा समस्या हुदै आएको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष एवंम समाजसेवी केदार प्रसाद आचार्यले जानकारी दिए । पुल शिलान्यास कार्यक्रममा स्थानीयवासीहरुले घरघरबाट फुलमाला ल्याएर मन्त्रीको स्वागत गरेका थिए । 

राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, वडा नम्वर ४ का अध्यक्ष शमशेर लामा लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *