अपहरणमा संलग्न ४ जना प्रहरी नियन्त्रणमा

 

चैत २६, भक्तपुर । भक्तपुरबाट प्रहरीले ४ अपहरणकारीलाई नियन्त्रणमा लिएको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न काठमाडौंको कपन बस्ने धनलाल श्रेष्ठसहित ४ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । 

null

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई पक्राउ गरी भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *