अवतरणको क्रममा तारा एयरको विमान दुर्घटना

बैशाख ९, काठमाण्डौँ । तारा एयरको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको छ । विमान रनवेबाट चिप्लिएको बताइएको छ । 

 

लुक्लाबाट रामेछाप आएकाे विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटनाग्रस्त भएकाे हो तर भाग्यवश मानवीय क्षति भने हुन पाएन । 9Mkk कल साइनको तारा एयरको विमान आज बिहान करिब ९ बजे अवतरणका क्रममा दुर्घटना भएको थियाे । 

null

१४ यात्रु बोकेको उक्त बिमान दुर्घटना भएपछी अहिले त्यहाँको उडान बन्द गरिएको विमानस्थल कार्यालयले जानकारी दिएका छन् । तारा एयरको 9Mkk कल साइनको  विमान ल्यान्डिग गर्दा  गियरमा समस्या देखिएपछी दुर्घटना भएको जानकारीमा आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *