लकडाउनः सुनसान छन् सुनसरीका सहरहरु

चैत्र १८, धरान । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि देशलाई पूर्ण रुपमा लकडाउन गर्यो । पाँच जनामा लगातार कोरोना संक्रमण देखिएपछि सरकारले फेरि दोस्रो पटक लकडाउनको घोषणा गर्यो– चैत्र २५ गतेसम्म । लकडाउनका कारण देशभरका पाटीपौवा, सडक सुनसान छन् । 

सुनसरीको विभभिन्न सहरहरु पनि सुनसन देखिन्छन् । मुख्य बजार तथा केन्द्रहरु धरान, ईटहरी, दुहवी, खनार, बराहक्षेत्र, झुम्का, चक्रघट्टी जस्ता बजारहरु तथा त्यहाँका व्यापारी केन्द्र बिहानैदेखि सुनसान छन् ।  

अत्यावश्यक सवारी साधनबाहेक सडकमा केही देखिँदैन, न त मान्छेको आवतजावत नै छ । सवारी पास बाहेकका सवारी साधन तथा सामान्य हिँड्डुल गर्नमा समेत प्रशासनले रोक लगाएको अवस्थामा यदि कोही मान्छे वा सवारी साधन विनाकाम हिँडेको पाइहाले प्रहरीले नियन्त्रणमा लिइरहेको छ । 

बेलुकीपख भने विभिन्न चोकहरुमा हुलका हुल मानिसहरु निस्केको देख्न सकिन्छ, आवश्यक खाद्यान्न किनमेलका लागि । यसरी निस्कदा सरकारले गरेको लकडाउनले प्रभाव नपरेको केही सचेत नागरीकहरु बताउँछन् । 

‘यस्तो बेला सबै नागरीक एकापसमा कोरोना महामारीविरुद्ध लडनुपर्नै हो तर यहाँ त सबै रमाईलो गर्न निस्कन थाले’, कल्पना राई भनिन् । देशलाई कोरोनाबाट जोगाउन लकडाउनलाई कडाइका साथ लागु गर्नुपर्ने उनको भनाइ छ । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघिसकेको छ भने ७ लाख बढी संक्रमित भएका छन् । नेपालमा अहिलेसम्म ५ जनामा मात्रै संक्रमण देखिएको छ, जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *