शाहरुखकाे सुपरफ्लप जिरो यसरी पुग्याे अचानक टप ट्रेन्डमा
मकालु खबर
२०७६ असोज २९ गते
असाेज २९, भारत । बलिउडका किंग खानका नामबाट चर्चित शाहरुख खानको गत वर्ष रिलिज भएको जिरोको ट्रेलर आज बारम्बार हेरिँदैछ । बक्स अफिसमा सुपरफ्लप भएको यो फिल्मकोे आज भारतीय सोसल मिडियामा अत्यधिक चर्चा भइरहेको छ । तर यो ट्रेन्डमा आउनुको कारण निकै रोचक छ ।
जिरोको ट्रेलर शाहरुख खानको एउटा ट्वीटपछि ट्रेन्डमा आएको हो । यो ट्वीटमा शाहरुख खानले आफ्नो ३९ मिलियन फलोअर्स भएको अवसरमा प्रशंसकलाई धन्यवाद दिएका छन् । हेर्नुहोस्, यो ट्वीटः
स्मरण रहोस्, शाहरुख खानको ३९ मिलियन फलोअर्स भएपछि उनले फलोअर्सको मामलामा अमिताभ बच्चनलाई पनि पछि पारेका छन् । शाहरुखका प्रशंसकले उनलाई यो उपलब्धिका लागि बधाई पनि दिइरहेका छन् ।
स्मरण रहोस्, जिरो फिल्म त फ्लप भयो तर फिल्मको ट्रेलर युट्युबमा सुपरहिट छ । यो ट्रेलरलाई अहिलेसम्म १२ करोड ५१ लाख बढी पटक हेरिएको छ । एजेन्सी
मकालु खबर
२०७६ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित