पार्टी एकताका लागि थापा र राणाबीच छलफल
कात्तिक २०, काठमाडौँ । गत निर्वाचनकै मुखमा फुटेर तीन टुक्रा भएका राप्रपा पुनः एकीकरण हुने भएको छ ।
पटकपटक जुट्दै–फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणको औपचारिक प्रयास सुरु भएको हो ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान पार्टी एकिकरणका लागि भेटवार्ता भएको छ ।
null
पार्टी एकताका लागि भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूबीच एकता र सहकार्य गर्ने नीतिअनुसार पार्टी एकता गर्न लागिएको श्रेष्ठले बताए ।
एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहने राप्रपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।