पुरानो मेडिकल कलेजमा डायलासिसका ५ वटा मेसिन थप

 

पुष ५, चितवन । पुरानो मेडिकल कलेज (सीएमएस) भरतपुरले मिर्गौला रोगीको चाप अत्यधिक बढ्दै गएका कारण मिर्गौला डायलासिसका ५ वटा आधुनिक मेसिन थप गरी सञ्चालनमा ल्याएको छ । 

पुरानो मेडिकल कलेजमा थप गरेको ५ वटा मेसिनसहित १३ वटा डायलासिसका मेसिन सञ्चालनमा आएको छ । कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मिर्गौलाका बिरामीहरुको चाप बढेपछि जर्मनबाट ५ वटा फ्रेसनेस डायलासिस मेसिन ल्याएको बताए । 

null

उनले भने, ‘दुईवटा मेसिन मर्मतमा रहेको हुनाले अब केही दिनमै पुरानो मेडिकल कलेजमा १५ वटा डायलासिस मेसिन सञ्चालनमा आउँने छ ।’ पुरानो मेडिकल कलेजमा हाल दैनिक ३२ जनाले निःशुल्क डायलासिस गरिरहेका छन् । 

मेसिन थप भएर सञ्चालन गरेपछि दैनिक ४५ जनाको मिर्गौला डायलासिस गर्न सकिएको कलेजले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *