निरन्तरको बर्षाका कारण बैतडी र दार्चुला मा पहिरोको त्रास

धनगढी, असार २९ । निरन्तरको बर्षाका कारण पहाडी जिल्ला बैतडी र दार्चुला मा पहिरोको त्रासदी बढेको छ । जिल्लाको पुर्चौडी, गोकुलेश्वर, पाटन र दार्चुला को खार धुलिगडा सिप्टि लगायत का स्थान लगायतका क्षेत्रमा पहिरोको जोखिम बढको छ भने । विभिन्न ठाउँमा पहिरो खसेका छन् ।

अधिकांस ठाउँमा सडक अवरुद्ध हुन पुगेका छन् भने केही बस्ती जोखिममा समेत परेका छन् । बैतडीको डिलाशैनीमा पहिराले बाटो अवरुद्घ हुँदा विद्यार्थीलाई समस्या भएको छ । डिलाशैैनी गाउँपालिका– १ कोटपेटराको जुकानी भन्ने ठाउँमा पहिरो जाँदा विद्यार्थीलाई समस्या भएको स्थानीयवासी हरु ले जानकारी दिनुभयो ।

बाटो अवरुद्घ भएपछि मण्डेश्वरी माविका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । पहिराका कारण डिलाशैनी – १ का दुनी, पारिखेत, लेक, सिराड र ननरगाड तथा वडा नं २ पन्तौडाका बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको बताइएको छ ।

यस्तै लगातारको वर्षाका कारण सुर्नया गाउँपालिका– ७ का किसानले लगाएको मकैबाली ढलेर नष्ट भएको स्थानीयवासी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *