कोरोना भाइरस संक्रमण : सार्सलाई उछिन्यो, मृत्यु हुनेको संख्या ८ सय ३ पुग्यो
मकालु खबर
२०७६ माघ २६ गते
माघ २६, एजेन्सी । चीनमा फैलिएको नयाँ भाइरस कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ३ पुगेको छ ।
करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मृत्यु हुनेको सँख्यालाई कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याले उछिनेको छ ।
सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको मृत्यु भएको थियो ।
कोरोना भाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको मृत्यु भएको छ भने, कुल मृतकको सङ्ख्या ८०३ पुगेको छ।
तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति हुन्। तर नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ।
यसैबीच कोरोना भाइरसबाट ३४,८०० मानिस सङ्क्रमित भइसकेका छन्।
मकालु खबर
२०७६ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित