सुनको भाउ अहिले सम्मकै मंहगो, तोलाको पुग्यो ८० हजार भन्दामाथि

फागुन १२, काठमाडौँ । लगातार उकालो लाग्दै गरेको सुनको भाउ सोमबार पनि उकालो लागेको छ । सुनको भाउले पुरानो रेकर्डलाई तोड्दै आजबाट फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरको छ ।   

आईतबार  प्रतितोला ७८ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छापावाल सुनले पुरानो रेकर्ड तोड्दै आजबाट नयाँ रेकर्ड कायम गरी प्रतितोला ८० हजार ३ सय रुपैयाँ कायम गरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी  महासंघका अनुसार आईतबार प्रतितोला ७८ हजार ५ सय कायम भएको सुनको भाउ पनि आज प्रतितोला ८० हजार पुगेको छ ।   

Image result for सुनको भाउ

सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भई आज प्रतितोला   ९ सय २५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *