विराटनगरलाई हराउँदै भैरहवा दुई खेल अघि नै प्लेअफमा

 

मंसिर २६, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्सले जित हात पारेको छ । 

साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले तेस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । 

null

जितसँगै यो टोली क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । भैरहवा दुई खेल अगावै प्ले अफ्मा पुगेको हो । 

विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । 

भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन, कप्तान शरद भेषावकरले १६ रन, रवि इन्दर सिंहले १२ रन जोडे । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे । 

विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए । 

विराटनगरलाई हराएको भैरहवा ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब भैरहवाले ललितपुर र काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि सुरुवाती ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । 

विराटनगरका लागि भान डेर मेर्वीले २५ रन, करण केसीले १८, सुमित महर्जनले १५ रन जोडे भने हरि बहादुर चौहानले अविजित १३ रन बनाए । 

भैरहवाका मोहमद नाभिदले ४ ओभर बलिङ गर्दै १४ रनमा ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहोराले समान २–२ विकेट लिए । 

दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना कायम रहेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *