विरोधीलाई प्रधानमन्त्री ओेलीको कटाक्ष : ‘माइतीघर साँच्चिकै माइतीघर रहेछ’

 

असार ४, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर साँच्चिकै माइतीघरजस्तै भएको भन्दै विरोधीहरुप्रति कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदमा छलफल हुनुपर्ने विषयमा समेत विपक्षीहरु माईतिघर मण्डलामा उत्रिएको भन्दै रोष प्रकट गरे । 

आफूले पहिला सम्बोधन गर्ने कि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयमा विवाद भएपछि संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले आफ्नै कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा पछिल्लो समय चर्किएको गुठी विद्ययेक र प्रतिपक्षी दलको भूमिकामाथि यस्तो टिप्पणी गरेका हुन् । 

null

‘माईतिघर साच्चैको माईतिर रहेछ । उताउती केही भयो भने घुर्र कुदेर पुगिहाल्ने ठाँउ । मलाई यस्तो गरे भन्दै फुत्त पुगिहाल्ने,’ ओलीको कटाक्ष थियो । हरेक समस्याको समाधान छलफल र संवादबाट निस्किने भन्दै माइतीघर मण्डलामा जम्मा भएर विरोध गर्दैमा निकास ननिस्कने प्रधानमन्त्री ओलीले बताए । 

पहिलोपटक जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन भएको थियो । त्यस दिनबाट दैनिक रुपमा उपत्यकामा विषेश गरी माईतिघर मण्डलामा विरोधका कार्यक्रम भईरहेका छन् । पछिल्लो समय बुधबार माइतीघरमा बहृत प्रदर्शनको तयारी गरिएको थियो । सोही विषयलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले विपक्षीलाई कटाक्ष गरेका हुन् । 

पत्रकार सम्मेलनमा ओलीले विरोधीलाई मात्र नभई सञ्चारमाध्यम र सोसल मिडियाका बारेमा समेत असन्तुष्टि जनाए । ‘सञ्चार क्षेत्र संक्रमणकालीन अवस्थामा रहेको’ भन्दै स्थापित सञ्चारमाध्यमले पनि सोसल मिडियालाई गुरु मानेको आरोप लगाए । 

‘फेसबुकका सञ्चालकले फेसबुक बनाएर गरेर गल्ती गरेँ भनेर यसै भनेका होइनन्’, उनले भने, ‘सामाजिक मूल्य, मान्यता, शिष्टता र मर्यादा बिर्सनु हुँदैन ।’ फेसबुकका संस्थापक मार्क जुकरबर्गले क्याम्ब्रिज एनालिटिका कम्पनीमार्फत् फेसबुक प्रयोगकर्ताको तथ्यांक ‘लिक’ भएपछि ठूलो गल्ती भएको स्वीकारे पनि फेसबुक स्थापना गरेर गल्ती गरेको भने भनेका थिएनन् । पछिल्लो समय सामाजीक सञ्जालमा सरकारप्रति आईरहेका नाकरात्मक प्रतिकृया र समाचार माध्यमले दिएको स्थानप्रती ओलीले व्यंग्य गरेका थिए । 

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाली मिडियाले भाषा बिगारेको भन्दै असन्तुष्टि जनाए । ‘तपाई भन्ने नेपाली भाषाको शब्द हरायो । नेपाली भाषामा बालाई तपाई नै भन्ने चलन हुन्छ । नेपाली भाषाको आफ्नो सभ्यता छ’, उनले भने, ‘कुनै भाषामा लिंग छुट्टिएको हुँदैन, आदरार्थी छुट्टिएको हुँदैन । भाषाको मर्म हुन्छ ।’ नेपाली मिडियामा तिमी भनेर सम्बाेधन गरिने अभ्यासप्रति प्रधानमन्त्रीको सो असन्तुष्टि राखेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *