न्युक्यास्टलसँग म्यान्चेस्टर सिटी स्तब्ध

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यास्टल युनाइटेडसँग स्तब्ध भएको छ। 

मंगलबार राति भएको खेलमा म्यान्चेस्टर सिटी न्युक्यास्टलसँग २–१ गोलअन्तरले पराजित भएको हो । न्युक्यास्टलको जितमा सालोमोन रोन्डन र मट रिचीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।  

खेलको पहिलो मिनेटमा नै अगुुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा भने यो अग्रतालाई जोगाई राख्न असफल बन्यो । 

null

खेलको ६६औं मिनेटमा रोन्डनले गोल गर्दै घरेलु टोली न्युक्यास्टललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । ८०औं मिनेटमा न्युक्यास्टलले पेनाल्टी पायो । पेनाल्टी प्रहारबाट गोल गर्दै रिचीले म्यान्चेस्टर सिटीमाथि २–१ गोलअन्तरको अग्रता दिलाएका थिए । 

बाँकी समयमा दुबै टोलीबाटा गोल हुन नसकेपछि खेलमा न्युक्यास्टलले सिटीलाई २–१ गोलअन्तरले जितेको हो । 

हारसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी कम गर्ने मौका गुर्माएको छ । सिटीको २४ खेलबाट ५६ अंक रहेको छ । न्युक्यास्टलको भने २४ खेलबाट २४ अंक छ । त्यस्तै, शीर्ष स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ६० अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *