चितवनमा गाँजासहित दुई पक्राउ

 

साउन ४, चितवन । चितवनको कालिका नगरपालिकाबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन । कालिका नगरपालिका वडा नं. २ कि कुमारी महतोलाई ७०० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको हो । 

त्यस्तै कालिका नगरपालिका ५ भिमवली सामुदायिक वनको जंगल बाट २५ पोका २६० ग्राम गाँजासहित बिजय कुमाललाई समेत पक्राउ गरिएको छ । 

null

प्रहरी बिट पदमपुरको टोलीले शनिबार साँझ पक्राउ गरेको दुवै जनालाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *