एस एच मोटर्सले ल्यायो फोर्ड फिगो मोडलको कार

 

चैत्र २५  काठमाडाैँ ।  फोर्ड गाडीको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले फोर्ड फिगो मोडलको कार बजारमा ल्याएको छ । एस एच मोटर्स प्रालिले एक कार्यक्रमबीच २०१९ संस्करणको उक्त मोडलको कार सार्वजनिक गरिएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले कारको टेष्ट ड्राइभ गरी औपचारिक रुपमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै डल्लाकोटीले चितवनको बाटो सुहाउंँदो यस मोडलले मध्यमस्तरका बर्गलाई बढी उपयोगी हुने बताए । पछिल्लो चितवनको बजारमा कारको समेत उत्तिकै माग रहेको बताउंँदै उनले यस मोडलको कारले अन्य कम्पनीको कारसंँग प्रतिस्पर्धा गर्न सक्ने बताए । 

null

फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको हो । २४ लाख ९९ रुपैयांँ तोकिएको छ । सो अवसरमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक निर्देश सेढाइले यस मोडलमा शक्तिशाली इन्जिन र आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्यु इन्टिरियेर रहेकोले यसले ग्राहकको मन सजिलै जित्ने बताए । 

साथै यस ब्राण्ड तथा मोडलका जुनसुकै कारमा सर्वसुलभ रुपमा स्पेर्यस पार्टस सर्भिसिङ्ग सहितका सुविधा रहेकोले बजारमा यसको अझ बढ्ने सेढाईको भनाई छ । यस मोडलमा १ दशमलव २ लिटर पेट्रोल र १ दशमलव ५ लिटर डिजेल इन्जिनका साथ आफ्नो श्रेणीमा नै शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टच स्क्रिन रहेको छ । 

फोर्ड फिगो १२ सयभन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धी उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ । नयांँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *