कास्की-२ मा १९ उम्मेदवारको जमानत जफत

मंसिर १६ कास्की । कास्की क्षेत्र नं २ मा २ उम्मेदवार बाहेक १९ उम्मेदवारको जमानत जफत भएको छ ।   

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ   

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ ।   

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *