पत्रकारलाई धम्क्याउने मेयरको रविसँग पर्याे चर्काचर्की (भिडियोसहित)

 

जेठ २२, काठमाडौं । ‘तेरो नाक भाँच्न १ करोड छुट्टयाएको छु, घडेरी छुट्टयाएको छु’ भन्दै पत्रकारलाई धम्क्याउने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी अहिले निकै आलोचित बनेका छन् । 

हुन त आलोचना गर्ने मात्रै होइन, उनका तारिफ गर्नेहरु पनि छन् । भ्रष्टाचारी वडा सचिवलाई पिटेर सबक सिकाएको भन्दै केही जनता खुशी पनि देखिन्छन् । तर पत्रकारलाई धम्की दिएका, दुव्र्यवहार गरेका समाचारहरु बाहिरिरहँदा उनका प्रशंसक पुनः घटेका छन् । 

null

आफ्नै पार्टीका नेताहरुले पनि उनले सार्वजनिक रुपमा आत्मलोचना गर्नुपर्ने सुझाव दिइरहेका बेला पत्रकार रवि लामिछानेसँग पनि मेयर चौधरीको चर्काचर्की परेको छ । 

‘सिधा कुरा जनतासँग’ नामक एक टिभी कार्यक्रममा रवि लामिछाने र इटहरीका मेयर चौधरीबीच चर्काचर्की परेको हो । 

पत्रकार लामिछानेले जनप्रतिनिधि भएर यसरी हातपात गर्ने, थर्काउने, धम्क्याउने गर्न मिल्छ ? त्यो त कानुनविपरित भएन र ? भन्ने प्रश्न गर्दा मेयर चौधरीले त्यस्तो कानुन हामीलाई सिकाउनुपर्दैन । भ्रष्टाचारीलाई के फुलमाला लाउने ? भन्दै जंगिए । 

उनले पत्रकारलाई चाटुकार भनेको स्वीकार गर्दै आफू नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको र आफूलाई कसैले केही गर्न नसक्ने दाबी पनि गरे । 

रवि लामिछानेः मेयरसा‘ब स्वागत छ तपाईंलाई हाम्रो कार्यक्रममा ।मेयर चौधरीः हजुर धन्यवादरविः हजुर बोल्दैछु सर, तपाईंसँग बोल्नलाई त डराउनु पर्ने अवस्था आयो मेयरः मलाई मिडियाहरुले बद्नाम गर्नुभएको छ । बोल्न के डराउनु ? रविः हड्डी नै भाँच्छु भन्नुहुन्छ । मार्छु भन्नुहुन्छ । नाक भाँच्दिन्छु भन्नुहुन्छ । अगाडी भेटे लोपार्नुहुन्छ । मेयरः यहाँ नाक पनि उहिल्यै अरुले भाँचिसक्या छ । गला अरुले रेटिसक्या छ । मिडिया हाउस तोडफोड अरुले गरिरहेको छ । हामीले गर्या छैनौँ अहिलेसम्म । रविः तर भन्नु त भयो नि । किन यसरी थर्काउनुभयो । तपाईं जनप्रतिनिधि । किन यसरी मान्छेलाई हातपात गर्ने, थर्काउने, धम्क्याउने, त्यो त कानुनविपरित पनि हो नि । त्यस्तो गर्न पाइन्छ र ? जनताले भोट दिएर पठाएको । मेयरः त्यस्तो कानुन सिकाउनु पर्दैन । भ्रष्टाचारीलाई के फुलमाला लाउने ? फुलमाला लगाएर रथारोहण गर्ने ? चोरलाई के गर्ने त ? हाम्रो गाउँघरको उखान छ, काँक्रे चोरलाई मुड्के सास्ती । म पनि किसान हुँ । म पनि किसानको छोरो हुँ । रविः सर तपाईंको इमान्दारितामाथि मैँले प्रश्न गरेको पनि छैन । मलाई त्यसमा प्रवेश गर्न पनि चाहन्न । तर तपाईंले पत्रकारलाई नाक भाँच्छु भनेर धम्क्याउन चाहीँ पाउनुहुन्न । मेयरः यो भन्दा अगाडी म गाउँ विकासको अध्यक्ष भइसकेको छु । जहाँ मैँले १० वर्ष जनप्रतिनिधिको रुपमा काम गरिसकेको छु । त्यहाँ मलाई कसैले औँलो ठड्याउन सकेन । एक कप चिया खाएको एक रुपैयाँ लिन्छ । रविः त्यसमा मैँले प्रश्न गरेकै होइन । यो पृथ्वीको सबैभन्दा इमान्दार मान्छे मात्र तपाईं भएतापनि कसैलाई मार्ने धम्की दिन मिल्दैन । 

मेयरः लातोके भुत बातोसे नहीँ मान्ती । जुन पत्रकारलाई मैँले भनेको छु नि, त्यसलाई चाटुकार र पत्रुकार भनेको छु मैँले । सुन्नुस् त्यस्ता कुरा सुनाउनु पर्दैन । लेलिनले कसरी चलाएका थिए ? म नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता । बुझ्नु भो नि त । मेरो अधिकार कसले कटौति गर्न सक्छ, गरोस् । मैँले बोलेकोमा क कसले के के गर्न सक्छ, गर्लानी । तपाईं कान खोलेर सुन्नुस्, त्यो पत्रकार, जो पूर्वी बजारमा एउटा सम्पादक, रिपोर्टरको रुपमा डेढ वर्ष अगाडीदेखि कसरी कलम चलाएको छ, तपाईं हेर्नुहोस् फाइल । त्यसपछि डेढवर्षदेखि उसको फेसबुक हेर्नुहोस् । स्टाटस हेर्नुस् । के के लेखेका छन्, त्यसपछि मलाई कुरा गर्नुस् । त्यस्ता पत्रकार जो पित पत्रकार छन् नि । तिनलाई कालोमोसो दलेर घुमाउँछु ।  

केही समयअघि आफ्नै उपमहानगरका कर्मचारी कुटपिट गरेको तथा प्रश्न गर्दा पत्रकारलाई नै लोपार्ने, झपार्ने गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकाला चौधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई कुटपिट गर्न आफूले १ करोड रुपैयाँ छुट्टयाएको भन्दै धम्की दिएका थिए । 

इटहरीका पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमाथि धम्कीपूर्ण कमेन्ट गरेका मेयरलाई कमेन्टका विषयमा कुरा गर्न फोनमा कुराकानी गर्न खोज्दा तेरो हड्डी भाँच्न एउटा घडेरी नै छुट्टयाएर राखेको छु, एक करोड छुट्टयाएको छु भनेर धम्कीपूर्ण जवाफ दिएको रेकर्डिङ समेत सार्वजनिक भएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *