काेराेना भाइरसबाट त्रसित पाकिस्तानले किन हटायाे चिनियाँ विमानमाथिको प्रतिबन्ध ?
माघ २०, काठमाडौं । कोरोना भाइरस संक्रमणको खतराबाट त्रसित पाकिस्तानले चिनियाँ विमानमाथिको प्रतिबन्ध हटाएको छ ।
विश्वव्यापी आलोचनापछि पाकिस्तानले चिनियाँ विमानमाथिको प्रतिबन्ध हटाएको हो । अब चीनबाट आउने विमान पाकिस्तानी धर्तीमा टेक्न पाउनेछन् ।
इमरान खान सरकारको यस फैसला पश्चात् अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान चीनबाट आएका दुई विमान उत्रिए । अधिकारीहरुका अनुसार दोहाबाट कतार एयरलाइन्सको एक विमानले कम्तिमा ४० पाकिस्तानी विद्यार्थीहरुलाई लिएर आयो किनकी चीनबाट पाकिस्तानको सिधा उडान बन्द थियो ।
विश्व स्वास्थ्य संगठनले फ्रेबुअरी २ मा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । त्यसपछि पाकिस्तानले चिनियाँ उडानमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यतिमात्रै होइन, चीनमा रहेका पाकिस्तानी विद्यार्थीहरुलाई समेत इमरान खान सरकारले फिर्ता ल्याउन अस्वीकार गरेको थियो । यसपछि चीनमा फसेका पाकिस्तानी विद्यार्थीहरु आक्रोशित भए ।
पाकिस्तानी विद्यार्थीहरुले लगातार भिडियो जारी गरी भारत सरकारको फैसलाको तारिफ गरिरहेका थिए भने इमरान खानको टिप्पणी गरिरहेका थिए । उनलाई भारत सरकारसँग केही सिक्न समेत सुझाव दिएका थिए, विद्यार्थीहरुले ।
सामाजिक सञ्जालमा चर्को आलोचना खेपेपछि पाकिस्तानले चिनियाँ उडानमा लगाएको प्रतिबन्ध हटाएको हुनसक्ने अनुमान छ ।