फलफूल बोकेको भारतीय ट्रक त्रिशूलीमा खस्यो, २ जना घाइते

 

                                                                                    फाइल तस्विर 

जेठ १०, चितवन । फलफुल बोकेको ट्रक त्रिशूलीमा खस्दा २ जना घाइते भएका छन् । 

null

भारतबाट काठमाडौँतर्फ फलफुल बोकेर आउँदै गरेको यूपी ३२ एलएन ३८७० नम्बरको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका–२९ दासढुंगा नजिकैबाट त्रिशूलीमा खस्दा २ जना घाइते भएका हुन् । 

घाइते हुनेमा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली रहेका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ । 

ट्रक सडकबाट करीब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *