गुडिरहेको ट्रकमा बम प्रहार हुँदा चालक घाइते, मकवानपुरमा २ वटा गाडी जलाइयो

 

जेठ १३, काठमाडौं । नवलपरासीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् । 

दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु२ख १०८ नम्बरको ट्रकमा बिहान २ बजे बम प्रहार भएको हो । अरुणखोलाको जंगलमा सोमबार बिहान ट्रकमा बम प्रहार हुँदा चालक दमौलीका ३३ वर्षीय अमर विक घाइते भएका छन् । 

null

 

बम प्रहारबाट शरीरका केहीभाग डढेको घाइते विकको अहिले अरुणखोलास्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बम प्रहारबाट ट्रक जलेर नष्ट भएको छ । 

यसैगरी मकवानपुरमा पनि २ वटा गाडी जलाइएको छ । मकवानपुरको थाहा नगरपालिकामा सोमबार बिहानै ४ बजे थाहा नगरपालिका १ कुन्छालनजिकै ना६ख ८००७ नम्बरको आइचर गाडी र त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै ना७ख ९४९३ नम्बरको मिनी ट्रक जलाइएको हो । आगजनीबाट गाडी पूरै जलेर नष्ट भएको छ । 

 

                                                       घाइते चालक अमर विक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *