तीन सय करोडको चेकसहित तीन जना प्रहरी नियन्त्रणमा

भदौ १९, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र कैलाली प्रहरीको संयुक्त टोलीले तीन सय करोडको चेक र चार थान पेस्तोलसहित कैलालीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।   

राष्ट्र बैंकका नक्कली कागजात, तमसुक र केही सुनका गहना तथा चार थान पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।   

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक घरबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुका नाम भने खुलाइएको छैन ।   

Image result for पक्राउ

पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।   

उनीहरुको साथबाट करोडौंको कारोबार भएको कागज बरामद भए पनि सक्कली हो कि नक्कली भन्ने खुल्न बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *