पीएसजीको सहज जित, लिग वानमा १३ अंकको अग्रता लिन सफल

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित एमियन्सलाई पीएसजीले ३–० ले हराएको हो । 

लिग कपमा ब्यहोरेको अप्रत्यासित हारको नतिजा पछाडी पीएसजी जितको लयमा फर्किएको हो । 

नेयमार अनुपस्थित रहेको खेलमा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे । नेयमार पछिल्लो समय पुर्व क्लब बार्सिलोना फर्कने चर्चाबाट पीएसजी पिरोलिएको छ । 

null

पहिलो गोलका लागि पीएसजीले दोस्रो हाफमै पर्खनुप¥यो । ५७ औ मिनेटमा काभानीले पेनाल्टीमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । ७० औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए । मार्क्युनोसले ७९ औ मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । 

शीर्ष स्थानको पीएसजीले १८ खेलबाट ५० अंक जोड्यो । उसले दोस्रो स्थानमा लिलीसंग १३ अंकको अग्रता लिन सफल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *