पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सुरक्षाकर्मीविच गाेली हानाहान, एककाे मृत्यु

चैत्र १४, पर्सा । वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । विहान करिब साँढे ९ बजेकाे समयमा पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । उक्त घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् । 

सुरक्षाकर्मीलाई देखेपछि पर्सा निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले फायरिङ्ग गरेको थियाे । सुरक्षाकर्मीले त्यसको जवाफमा गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो । 

नियमित गस्तीको क्रममा निकुञ्जको मूल क्षेत्रमा फायिरङ्गको आवाज आएकाे थियाे । त्यसपछि निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोली त्यसतर्फ गएको थियो । सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको विभागका प्रवक्ता श्रेष्रठले बताए । दाेहाेराे फायरिङमा जमदार छन्त्याल घाइते भएका छन् । शिकारी समूहका एक जनाको मृत्यु भएको छ । अन्य व्यक्तिहरु हतियारहरु छाडेर फरार भएका छन् । 

null

सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको छ । घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायत बरामद गरेको छ । लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निकुञ्जको गस्तीलाई कडा पारिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *