साउँन पाँच गतेको भेलालाई सभापति देउवा र पौडेलको सम्बोधन

काठमाडौं,असार २९ । सत्तारुढ दल नेपाली कांग्रेसले तेस्रो चरणको चुनावमा कसरी अघि बढ्ने भन्दै प्रदेश नं २ को भेला आयोजना बोलाएको छ । दोस्रो चरणको चुनावमा मधेसमा प्रतिपक्षी दल एमालेसँग मधेशका ११ जिल्लामा नराम्रोसँग हार बेहोर्नुपरेपछि कांग्रेसले मधेस एजेण्डाबारे कार्यकर्तासँग सल्लाह सुझाव लिने भएको छ ।

साउन पाँच गते प्रदेश नं २का केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुलाई बैंठकमा उपस्थित हुन आह्वान गरेको छ । आगामी असोज २ गते हुने भनिएको तेस्रो चरणको चुनावमा के कस्तो प्रगति हुन सक्छ भन्ने बारे पनि छलफल हुँने बताइन्छ ।

उक्त भेलामा संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा पनि छलफल हुने भएको छ । जसरी भएपनि उपलव्धी हाँसिलसँगै २ नम्बर प्रदेशमा अघि हुने काँग्रेसले नीति योजना बुनेको छ ।

भेलालाई सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *