धितोपत्र बोर्ड पछि हटेन, अन्डरराईटरलाई अप्ठ्यारो

कात्तिक १३, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ प्रकरणमा बोर्डको पुरानै निर्णयमा पुनर्विचार नलिने भनी अडान लिएको छ । 

सर्वसाधारण लगानीकर्तालाई २८० रुपैयाँ र नबिकेको नेपाल बैंकको करिब ८३ लाख कित्ता सेयर भने चोर बाटोबाट २६६ मा बेचेर लगानीकर्ताहरु बीच नै भेदभावपूर्ण अवस्था सिर्जना हुन पुगेको तथ्य फेला परेको छ । 

बोर्डले अन्डरराईटरलाई नबिकेको एफपीओ आफ्नो नाममा ल्याउनु र त्यसपछि मात्रै अरुलाई सकार्न पत्र काटेको थियो । गत कात्तिक ४ गते जारी गरेको पत्रलाई पुनर्विचारका लागि भन्दै बोर्डलाई अन्डरराईटर मर्चेन्ट बैंकरहरुले कात्तिक ७ गते पत्र पठाएका थिए । 

null

मर्चेन्ट बैंकरहरुले नक्कली बजार मार्फत १२४ जना व्यक्ति तथा संस्थालाई निर्धारित मूल्य भन्दा कम मूल्यमा र सिस्टमभन्दा बाहिर बिक्री गरेको तथ्य फेला परेको थियो । 

मर्चेन्ट बैंकरहरु र किनेका व्यक्तिहरुको धपेडीलाई यसपटक निस्तेज पार्न धितोपत्र बोर्डले आफ्नो दरिलो अडान लिएर हिजो २०७५/७/१२ गते अपरान्ह मा पुनः पत्र काटेको र आफूले २०७/७/४ गतेको पत्राचार अनुसार नै काम कारबाही बढाउन पत्र काटेको बोर्डका सहप्रवक्ता समेत रहेका निरान्जय घिमिरेले मकालु खबरलाई बताएका छन् । 

यसरी धितोपत्र बोर्डले नक्कली बजार सिर्जना गर्नेलाई निक्कै बलियो सबक सिकएको र पूजी बजारको विश्वसनीयतालाई बढाउने कार्य भएको जानकारहरुको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *