‘ब्लडमनी’ तिरेपछि मृत्यु दण्डबाट बचेका यादव फर्किए घर

माघ ८, जनकपुर । पाकिस्तानी सहकर्मिको हत्या अभियोगमा मृत्यु दण्डको सजाय पाएका उमेश यादव ‘ब्लडमनी’ तिरेर नेपाल फर्किका छन् ।   

मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनी बुझाइए पछि सजाय माफ पाएका धनुषा कमला नगरपालिका  ३ का यादव बुधबार बिहान नेपाल आइपुगेका हुन्। वैदेशिक रोजगारमा रहँदा एक पाकिस्तानी सहकर्मीको हत्या आरोपमा साउदी अरेबियामा यादवलाई मृत्यु दण्डको सजाय  सुनाइएको थियो। 

सन् २००६ मा साउदी पुगेका यादवलाई २००६ मै पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनलर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो।   

विवादको क्रममा पाकिस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको थियो। उमेशलाई मृत्यु दण्डको सजायको खबर आएपछि जनकपुरका समाजिक अभियन्ता सरोज रायले जीवन रक्षाको लागि अभियान चलाएका थिए। 

अभियन्ता रायले दुई वर्षदेखि ब्लडमनीको लागि चन्दा संकलन गरी परराष्ट्र मन्त्रालय र दूतावासको सहयोगमा मृतक पाकिस्तानीको घरमा पुगेर उमेशको जीवनरक्षाको निम्ति अनुरोध गरेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमनीसमेत दिए। 

यादवको जीवन रक्षाको लागि विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले विमानस्थलमा स्वागत गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *