नेकपामा स्कूल विभागको विवाद कायमै, आजको बैठक पनि स्थगित

 

साउन १२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । 

आज (आइतबार) दिउँसो ३ बजेका लागि बैठक तय भएको थियो । आजको बैठकले स्कुल विभागको नेतृत्व लगायत पार्टीका सबै कार्य विभाजन टुंगो लगाउने दाबी थियो । तर स्कुल विभागमा सहमति नजुटेपछि बैठक सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा विवाद कायमै छ । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्व माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले दाबेदारी गरिरहेका छन् । 

स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । नेता घनश्याम ढकालले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

स्कुल विभागको जिम्मा कसलाई दिने भन्ने टुंगो लाग्न नसक्दा साउन ९ गतेको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *