धुम्बाराहीकी श्रेष्ठको दुई तोलाको सुनको सिक्री लुटियो

 

जेठ ७, काठमाडौं । काठमाडौंमा एक ५६ वर्षीया महिलाको दुई तोलाको सुनको सिक्री लुटिएको छ । 

सोमबार साँझ काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने ५६ वर्षीया छत्रमाया श्रेष्ठको साढे दुई तोलाको सुनको सिक्री लुटपाट भएको हो । 

null

बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले छत्रमायाको घाँटीबाट उक्त सिक्री लुटेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न भएकाहरुले प्रयोग गरेका मोटरसाइकलको नम्बर खुलको छैन भने लुट्नेहरु पनि फरार छन् । 

फरारहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *