भोलिदेखि अष्ट्रेलियन शैक्षिक मेला–२०७४ शुरु

काठमाडौं, असार २९ । वन अप प्रालिले विगतझै यस बर्ष पनि अष्ट्रेलियन शैक्षिक मेला–२०७४ आयोजना गर्ने भएको छ ।
काठमाडौं दरबारमार्गस्थित होटल अन्नपूर्णमा असार ३० र ३१ गते गरि दुई दिने मेला आयोजना गर्न लागिएको वन अप प्रालिका आयोजक रबि शंकर झाले बताए । उनले भने,‘विगत झै सबै समक्ष वन अपले यो मेला आयोजना गर्न पाउँदा अत्यन्त खुसि छौँ । सबैलाई शैक्षिक मेलामा सहभागि हनु अनुरोध पनि गर्दछु ।’

नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली तथा उनीहरुलाई योग्य र सक्षम बनाउन भावी सम्भावित विषयहरुबारेमा पनि पर्याप्त मात्रामा सूचना दिइनेछ । अष्ट्रेलिया र नेपालका सबै कन्सल्टेन्सीहरुको सहभागितमा अष्ट्रेलिया अध्ययनसम्बन्धि सबै जानकारी गराइने आयोजना प्रस्तोता निरज श्रेष्ठले बताए ।

यस मेलामा नेपालमा रहेका २० भन्दा बढी कन्सल्टेन्सीहरु सहभागी हुँदैछन् । भोलि शुक्रबार ३० गते बिहान ९ः३० बजे नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा सो मेलाको उद्घाटन कार्यक्रम तय गरिएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यो संस्थाले अष्ट्रेलियामा रहेको Australia Education Consultants Alliaance (AECA) को सहयोगमा हुने भएको छ । यस मेला इभेन्टका पार्टनर सिड्नी मेट्रो कलेज, प्लाटिनम इस्पोन्सर प्यासिफिक कलेज अफ टेक्नोलोज, सिल्भर इस्पोन्सर एव वी सी एजुकेशन एण्ड माइग्रेसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस, हिमाअस एजुकेशन कन्सल्टेन्सी र टुर एण्ड ट्राभल पार्टनर साथै एभरेष्ट ट्राभल एण्ड टुर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *