कोरोना भाइरस : नयाँ नाम जुराउँदै बैज्ञानिकहरु
माघ २२, काठमाडौं । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४ सय ९२ जनको मृत्यु भइसकेको छ । उक्तः भाइरसका कारण विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ।
तर सो भाइरसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको छैन। यसलाई केवल ‘कोरोना भाइरस’ भनिएको छ। तर त्यो नाम त यो सहित विभिन्न भाइरस अर्थात् विषाणुहरू समाविष्ट एउटा समूहलाई जनाउने नाम हो।
तत्कालका लागि द्दण्ज्ञढ 2019-nCoV पनि भन्ने गरिएको छ। तर त्यो नाम एकदमै क्लिष्ट छ।
वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन बृहत् छलफल गरेका छन्। उनीहरूले आफूहरूले छिट्टै नयाँ नाम घोषणा गर्ने बीबीसीलाई बताएका छन्।
नाम जुराउन किन यति लामो समय लाग्यो त ?
‘नयाँ भाइरसको नामकरण गर्न प्रायः ढिलो हुन्छ। अनि अहिलेसम्म जनस्वास्थ्यसम्बन्धी काममा ध्यान थियो,’ जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटीका वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनले भनिन्।
तर नामकरण पनि प्राथमिकतामा पर्नुमा विभिन्न कारण भएको उनी बताउँछिन् । यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोनाभाइरस भन्दै आएका हुन्।
सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएका भाइरसलाई कोरोनाभाइरस भन्ने गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले अस्थायी नाम 2019-nCoV प्रयोग गर्न सिफारिस गरेको छ। यसमा पत्ता लागेको साल २०१९, नयाँ जनाउन एउटा अक्षर n र कोरोनाभाइरसका लागि CoV लेखिएको छ। तर यो नाम त्यति चलेको छैन।
‘यसको अहिलेको नाम प्रयोग गर्न सजिलो छैन तथा सञ्चारमाध्यम र सर्वसाधारणले यो भाइरसका अन्य नाम प्रयोग गरिरहेका छन्,’ डा. वाट्सनले भनिन्।
‘आधिकारिक नाम नहुँदा मानिसहरूले ुचाइना भाइरसुजस्ता पदावली प्रयोग गर्न सक्ने खतरा हुन्छ। अनि यसले केही समुदायलाई अप्ठ्यारो पार्न सक्छ।’
सामाजिक सञ्जालका कारण अनौपचारिक नामहरू चाँडै स्थापित हुने र तिनको प्रयोग कम गर्न गाह्रो हुने उनको बुझाइ छ।
उक्त भाइरसको औपाचारिक नामकरण गर्ने उत्तरदायित्व ‘इन्टरनेशनल’ कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (ICTV) को हो।
यसअघि फैलिएका भाइरसको नामकरण गर्दा उक्त समूहले केही पाठ सिकेको छ। सन् २००९ मा H1N1 भाइरसलाई ‘स्वाइन फ्लूू भनियो। उक्त भाइरस सुँगरले नभएर मानिसले फैलाउने भए पनि इजिप्टमा सबै सुँगुर मारियो।
औपचारिक नामले पनि समस्या पर्न सक्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा मेर्स (Mers,मिडल ईस्ट रेस्पिरटरी सिन्ड्रोम) राखिँदा आलोचना गरेको थियो।
केही रोगका नामले निश्चित धार्मिक वा जातीय समुदायलाई अप्ठ्यारो पारेको तथा यात्रा र व्यापारवाणिज्यमा अनुचित अवरोध सिर्जना गरेको र पशुहरूको अनावश्यक मारकाट निम्त्याएको भन्दै उसले एउटा विज्ञप्ति प्रकाशित गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको निर्देशिकाअनुसार नयाँ कोरोनाभाइरसको नाम राख्दा यी कुराहरू हुनुहुँदैन ः
ठाउँको नाम
मानिसको नाम
कुनै पशु वा खानेकुराको नाम
कुनै संस्कृति वा उद्योगलाई सङ्केत गर्ने कुरा
उसले नाम छोटो र वर्णनात्मक हुनुपर्ने उल्लेख गरेको छ। जस्तै सार्स ‘सिभिअर अक्यूट रेस्परटरी सिन्ड्रोम’।
तर नयाँ भाइरसको नाम रुचिकर र सहज हुनुपर्ने धारणा भाइरोलजीका प्राध्यापक बेन्जमिन नोयमानको छ।
उनीसहित आईसीटीभीका १० सदस्य अहिले चीनमा फैलिएको भाइरसको नामकरण गर्ने समूहमा छन्।
उक्त समूहले दुई हप्तादेखि छलफल गरिरहेको र दुई दिन लगाएर एउटामा सहमति जुटाएको जानकारी नोयमानले दिए।
उक्त नाम प्रकाशित गर्न एउटा वैज्ञानिक जर्नलमा पठाइँदैछ। केही दिनमै त्यो नाम औचपारिक रूपमा घोषणा हुने बताइएको छ।