मन्त्री अधिकारीको भरतपुर विमानस्थल स्तरोन्नति गर्ने सपना अधुरै

 

चितवन , १८ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको भरतपुर विमानस्थल स्तरोन्नति गर्ने सपना अधुरै रहेको छ । 

गएको माघको १९ गते चितवन आएका पर्यटनमन्त्री अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नती गरेर रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको बताएका थिए । तर, उनको त्यो लक्ष्य अब पुरा नहुने निश्चित भएको छ । 

null

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार पहिलोपटक चितवन आउँदा उनी चढेको जहाज अवतरण गर्न खोजेको दक्षिण पश्चिम उत्तरी दिशाबाट ल्याण्ड गर्न नसकेपछि फेरि बाटो परिवर्तन गरी अर्काे दिशा दक्षिणपूर्वबाट भरतपुर विमानस्थलमा ल्याण्ड गरेको थियो । जहाज ल्याण्ड गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताए ।’ छाती ढक्क फुल्यो भन्दै मन्त्री अधिकारीले विमानस्थलको स्तरोन्नतिमा पनि चासो देखाउने गरेको प्रमुख गौतमले स्मरण गरे । 

उनी निजी भ्रमणमा चितवन आए पनि माघ २० गते भरतपुर विमानस्थलको स्तरोन्नतिबारे बहस गर्न तयार भएपछि चितवनमा सीडीओ, डीएसपी, भरतपुर महानगरकी मेयरलाई राखेर भरतपुर विमानस्थलमा नै अन्तरक्रिया समेत गरिएको थियो । अहिले पनि मन्त्री अधिकारीले राखेका विचारहरु विमानस्थल प्रमुख गौतमको स्मरणमा ताजै छन् । गौतमले स्मरण गरे, ‘मन्त्री अधिकारीले तराईका सबै विमानस्थलहरुको स्तरोन्नति भइसक्दा पनि भरतपुर विमानस्थलको नभएकोले यसको छिट्टै गनुपर्छ भन्ने तत्परता देखाएका थिए ।’ 

काठमाडौँ गएपछि पनि मन्त्री अधिकारीसँग निरन्तर सम्पर्क भएको सैनिक व्यारेक हटाउने बारे उनले पहल थालेको जानकारी दिए । एउटा विकासप्रेमी नेता गुम्दा अब फेरी भरतपुर विमानस्थलको स्तरोन्नतिको विषय शून्य तहबाट गर्नुपर्ने बाध्यता परेको उनले बताए । 

मन्त्री अधिकारीको ३ दिन अघि ताप्लेजुङको पाथिभरामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *