पाप नष्ट हुन्छ भन्दै बलात्कार गर्ने पास्टर पक्राउ

पुष २९, ललितपुर । ललितपुरका आशा विश्वासी मण्डली चर्चका पाष्टरलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने भन्दै बलात्कार गरेको आरोपमा ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले पक्राउ गरेको हो । 

जोशीले पीडित महिलालाई चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ । 

चर्चमा नियमित आइरहने एक महिलाले आफुलाई जबरजस्ती गरेको भन्दै उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको ललितपुरका डीएसपी सन्तोष तामाङले बताए । 

उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ । 

तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *