धरानमा छुरा प्रहारबाट एक जना घाइते

 

असार ११, धरान । धरान उपमहानगरपालिका वडा नं १४ स्थित तुर्केमा मंगलबार राती छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । 

सामान्य विवादका क्रममा स्थानीय २० वर्षीय रञ्जित तामाङमाथि छुरा प्रहार भएको हो । 

null

छुरा प्रहार गर्ने टुईके भनिने राजकुमार तामाङलाई अस्थायी प्रहरी पोष्ट धरान १५ ले बुधबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । 

सोही घटनामा संलग्न अर्का एक युवक पारुहाङ राई भने फरार रहेका छन् । 

घाइते तामाङको धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।ख 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *