आइएमइ मोटर्स र कामना सेवाबीच सम्झौता

 

साउन २, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार आइएमइ मोटर्स प्रालि मार्फत् सिफारिस भएर अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Ashok Leyland का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । 

null

सम्झौता पत्रमा कामनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे । 

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले हाल ९४ वटा शाखातथा ४५ एटिएममार्फत् गा्रहकहरुलाई सेवा दिँदै आएको बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *