सरस फुड इन्डस्ट्रीमा आगलागी, दुई करोड बढीको क्षती

चैत १८, चितवन । चितवनको भरतपुर महानगरपालिका ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आज बिहान आगलागी भएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान करिब सवा ५ बजे सुरु भएको आगलागीबाट २ करोड ५० लाख बराबरको क्षती भएको संचालकले बताएका छन् । आगलागीबाट उद्योग पूर्ण रुपमा नस्ट भएको छ । 

भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो निभाएका थिए । उद्योग पुर्ण रुपमा जलेर नस्ट हुंदा त्यहाँ कार्यरत १८ जना मजदुरको रोजिरोटी समेत खोसिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *