रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग दर्ता

भदौ ८, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या पकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ ।   

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले अनुसन्धान पश्चात् पत्रकार लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगपत्र दायर गरेको हो ।   

आजै सबै प्रक्रिया टुंग्याउन सम्भव नभएका कारण बहस हुने बताइएको छ । यदी आज मुद्धाको फैसला हुन नसके तीन जना नै पुनः प्रहरीको हिरासतमा रहने छन् । हेमन्त मल्लको इजलासले मुद्दा हेर्नेछ ।   

Image result for रवि लामिछाने

आत्महत्या दुरुत्साहन मुद्धामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ ।   

चितवनमा आज रविको समर्थन जनाउँदै कलाकार दिपक राज गिरी, दिपाश्री निरौला, वरिष्ठ पत्रकार ऋषि धमला समेत पुगेका थिए । समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय अगाडि केहीबेर नाराबाजी समेत गरेका थिए ।   

मृतक शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रविसहित ३ जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेपछि गएको साउन ३० गते रविसहित कँडेल र कार्की पक्राउ परेका थिए ।   

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताए थिए । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *