नेपाल आइडल–२ को उपाधि रबिको हातमा ! यस्तो छ संभावना
पुस २, काठमाडौं । नेपाल आइडल सिजन २ को फाइनल राउण्डको मिति नजिकिँदै गर्दा उपाधी कसले हत्याउला भन्ने चासो बढेको छ । हज्जारौ प्रतिष्पर्धीलाई विभिन्न चरणमा पाखा लगाउँदै फाइनल चरणमा आइपुगेका चार प्रतिष्पर्धी मध्ये एकले उपाधि जित्ने दाउमा छन् ।
६ महिना अघि सुरु भएको प्रतियोगिताको फाइनल आउँदो पुस ६ गते पुल्चोक स्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा हुनेछ । प्रतियोगिताको फाइनल राउण्डमा झापाका सुमित पाठक र अस्मिता अधिकारी, पोखराका विक्रम बराल र धनगढीका रबि ओडले प्रतिष्पर्धा गरिरहेका छन् ।
नेपाल आइडलमा विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । रबि र अस्मिता आफुलाई अपग्रेट गर्दै अगाडी बढेका प्रतिष्पर्धी हुन् । रबि दुईटा प्रदेशका एक्ला प्रतिष्पर्धी भएकाले पनि अधिक भोट पाउने संम्भाबना देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘द भ्वाइस अफ नेपाल’मा पोखराबाट प्रतिनिधित्व गरेका सिडी विजय अधिकारी र नेपाल आइडलका विक्रम बरालको भोट बाडिँदै आएको थियोे । एउटै क्षेत्रबाट दुई प्रतिष्पर्धी हुँदा भोट बाँडिने संभावना अत्याधिक हुन्छ । झापाका सुमित पाठक र अस्मिताको पनि भोट बाडिँदा रबि ओड र विक्रम बराललाई फाइदा पुग्नेछ । यसमा रबि प्रदेश ५ र ६ का एक्ला प्रतिष्पर्धी भएको फाइदा उनलाई जान्छ ।
null
‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद सहित होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुर अथवा ५० लाख नगद पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए ।
प्रतियोगितामा चारै जनाको प्रस्तुति अत्यन्त उत्कृष्ट रहेको भएपनि दर्शकको भोटिङको आधारमा विजेता छनौट हुने भएकोले गला र कला भन्दा पनि पैसाको शक्तिले प्रतिभा छनौट हुने आंकलन गरिएको छ । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।
पहिलो नेपाल आइडलको फाइनल कतारमा भएको थियो । यसपटकको नेपाल आइडलको अडिसनमा करिब २० हजार प्रतिष्पर्धीले सहभागीता जनाएका थिए ।