तरुण दल सुनसरी सभापतिले ५० परिवारलाई सात दिनको खाद्यान्न सहयोग गर्ने

चैत्र १४, यूके । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लक डाउन गरेसँगै दैनिक ज्यालादारीमा जिवनयापन गर्नेहरुको दैनिकी अस्तब्यस्त भएको अवस्थामा नेपाल तरुण दल सुनसरी सभापतिले ५० घर परिवारलाई एक साताका लागि खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् ।   

हाल यूकेमा रहेका तरुण दल सुनसरी सभापति सिजन गुरुङले यूकेबाटै फेसवुकमा भिडियो सार्वजनिक गर्दै सुनसरीका ५० घर परिवारलाई एक साताको खाद्यान्न सहयोग गर्ने घोषणा गरेका हुन् ।   

विश्व जगत नै कोरोना भाइरसको आक्रमणबाट आक्रान्त भइरहेको अवस्थामा नेपालपनि त्यसबाट अछुतो रहन नसकेको भन्दै सरकारको लक डाउनले कमजोर आर्थिक अवस्था भएका दैनिक ज्यालादारी गरेर जिवनयापन गर्नेहरु प्रभावित भएकोले उनीहरुलाई सहयोग गर्नु हामी सबैको दायित्व भएको उनले बताएका छन् ।   

‘नेपालमा अधिकांश मानिसहरु रेखामुनी रहेका छन् जहाँ दैनिक ज्याला मजदुरी गरेर जिवनयापन गर्नेहरु पनि छन् । उनीहरुको दैनिकी लकडाउनले अत्यन्त प्रभावित भएको छ । उनीहरुलाई केही राहत दिन सकिन्छ कि भनेर मैले सात दिनको खाद्यान्न दिने घोषणा गरेको हुँ ।’ गुरुङले भने ।   

उनले अगाडी भनेका छन्–‘दैनिक ज्याला मजदुरी गरेर विहान बेलुका चुल्हा बाल्नेहरुलाई लकडाउनका कारणले घरैमा बसौं भने भोकले मर्ने डर, घरबाहिर निस्किउँ भने रोगले मर्ने डरले ग्रस्त बनाएको छ । यस्ता निमुखा जनताहरुको जिउधनको रक्षाका लागि नेपाल सरकारलाईपनि आग्रह गर्दछु ।’   

सभापति गुरुङले सरकारले नेपाली जनताको स्वास्थ्य र जिउधनको सुरक्षाको लागि चालेको कदम स्वागत योग्य भएको बताउँदै सरकारको कदममा जनताले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।  गुरुङले कोरोना भाइरसको उपचार नभएकोले सेल्फ आइसोलेजनमा बसेर नियन्त्रण गर्नुको विकल्प नभएको पनि बताएका छन् ।   

हेर्नुहोस भिडियो 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *