हिम्मतवालीका अभिनेता सुदर्शनविरुद्ध ‘रेड कर्नर नोटिस’

 

बैशाख १३, काठमाडौं । अभिनेत्री रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ का अभिनेता सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरिएको छ । 

मानव तस्कर गरेको आरोप लागेका उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको हो । 

null

‘रेड कर्नर नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछ । 

हाल क्यानाडामा बस्दै आएका गौतमले र रेखा थापासँग मिलेर उक्त चलचित्र बनाएका थिए । 

दुई वर्षअघि अमेरिका मानव तस्करीमा संलग्न रहेको आरोप उनीमाथि लागेको थियो । गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका थिए। फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। 

हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका छिराउने उनको योजना थियो, तर पानीजहाज बिग्रिएपछि उनको योजना सफल हुन सकेन । उनीहरु बहामास भन्ने देशमा पक्राउ परे । 

त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि ती युवतीहरुले गौतमसहित उनको समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *