बराहको सेवा अब धनकुटाको भेडेटारबाट

बैशाख १०, धरान । प्रतिष्ठित ब्यवसायीक घराना बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले धनकुटाको भेडेटारबाट समेत सेवा प्रारम्भ गर्ने भएको छ । नुनदेखि सुनसम्मको कारोबार गर्दै आइरहेको बराह ज्वेलरी इ. प्रा.लि.ले धनकुटाको भेडेटारमा सुनचाँदीका आधुनिक गरगहना सँगै ग्रोसरी सञ्चालनमा ल्याउन लागेको हो । 

भोलीबाट सञ्चालनमा आउन लागेको सम्पर्क कार्यालयमा आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना, खाद्यान्न र ग्रोसरी आइटमहरु पाईने बराहका धरान शाखाका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेले बताए । ‘धनकुटाको भेडेटारमा हाम्रा नियमित ग्राहक हुनुहुन्छ, त्यसका साथै भेडेटार पर्यटकीय क्षेत्र भएकोले होटल र पर्यटन ब्यवसायी समेतलाई सेवा दिनका लागि सेवा विस्तार गरेका हौं ।’ उनले भने । 

 

null

कालिकोटेका अनुसार उक्त शाखाबाट भेडेटार साँगुरीगढी गाउँपालिका बासीले सुनचाँदीको खरिद विक्रिसँगै विभिन्न ग्रोसरी आइटम खरिद गर्न सक्नेछन् । 

उक्त सम्पर्क शाखाको उद्घाटन साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाको प्रमुख आथित्यमा उपप्रमुख व्रिन्दा राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, ६ नं. वडाध्यक्ष प्रेम मगर, होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली लगायतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सन् १९८८ मा धरानमा सामान्य सुन पसलबाट सुरु भएको बराह ज्वेलरी अहिले स्वदेश देखि विदेशसम्म विस्तार भएको छ । बराहले धरान वाहेक, काठमाडौं, पोखरा, चितवनबाट सेवा दिइरहेको छ । भने, अन्तराष्ट्रिय तहमा हङकङ, बेलायत, युएइबाट समेत सेवा दिइरहेको छ । 

बराह ज्वेलरी इ. प्रा.लि.ले ज्वेलरी, डिपार्टमेन्ट स्टोर, सहकारी, यायायात, कृषि र संगीत क्षेत्रमा समेत लगानी गर्दै आइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *