पोखरा महानगरको बजेट प्रस्तुत: १५ बर्षभित्र पोखरा अर्कै

काठमाडौं, असार २९ । पोखरा–लेखनाथ महानगरपालिकाको वाषिर्क बजेट प्रस्तुत गरिएको छ । महानगर प्रमुख मानबहादुर जीसीले बिहीबार ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा महानगरपालिकाको कार्यालय सार्ने उल्लेख उल्लेख गरिएपनि कहाँ सार्ने र त्यसको बजेट कति हो भन्नेबारेमा कुनै जानकारी गराइएन । बजेटमा आयतर्फ कर तथा राजस्वबाट १ अर्ब ३८ करोड ४० लाख उठाउने लक्ष राखिएको छ । त्यस्तै राजस्व बाडफाँडबाट ३ करोड र अन्य आयबाट ५ करोड गरी १ अर्ब ४६ करोड ४० लाख उठाउने लक्ष्य राखिएको छ ।

बजेटमा कोष व्यवस्थापनतर्फ १५ करोड ५० लाख, पूर्वाधार विकाश क्षेत्रतर्फ १ अर्ब ३६ करोड ५३ लाख १८ हजार र वातावरण तथा विपद व्यव्स्थापन क्षेत्रतर्फ १३ करोड ६५ लाख १० हजार ,सामाजिक विकास क्षेत्रतर्फ १५ करोड १० लाख,आर्थिक विकास तर्फ २ करोड ३० लाख छुट्याइएको छ । त्यस्तै, वित्तीय व्यबस्थापन तथा सुशासन क्षेत्रतर्फ ४ करोड १० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २५ लाख छुट्याइएको मेयर जीसीले घोषणा गरेका छन् ।

त्यस्तै अनुदानका लागि ७८ करोड ३९ लाख ३१ हजार, सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख २४ हजार ८ सय, लागत सहभागिता १५ करोड, फोहोरमैला ब्यवस्थापन ९ करोड, प्रशासनिक खर्च ३० करोड ८४ लाख ७० हजार छुट्याइएको छ । वडागत बजेट ३५ करोड १० लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ‘महानगर समृद्धिका लक्ष्यहरू’ भन्दै १५ वर्षभित्र महानगरलाई अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय गराउने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *