सर्लाहीमा घुस सहित अधिकृत पक्राउ

सर्लाही, असार २९ । जिल्ला समन्वय समिति सर्लाहीकी कार्यक्रम अधिकृत नगिना रायलाई अख्तियारले आज घुस रकम सहित पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको ४० हजार रुपैँया घुस रकम सहित अख्तियारको टोलीले रायलाई उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

मुसहर महिलाहरुका लागि प्राप्त रकम तथा सरसफाईका लागि बिनियोजित बजेटबाट काम सम्पन्न गरेर भुक्तानि माग्दा कार्यक्रम अधिकृत रायले दुई जना सेवाग्राहीसँग २०–२० हजार रुपैँया घुस लिएको अख्तियारले जनाएको छ । रायलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ ।

गत वर्ष पनि असार मसान्तमै जिल्ला समन्वय समिति अर्थात साबिकको जिल्ला विकास समितिका एक अधिकृतलाई घुस रकम सहित अख्तियारले पक्राउ गरेको थियो । असार मसान्तमा विभिन्न योजना तथा विकास निर्माणका काम सकेर भुक्तानि लिन जाँदा सरकारी कार्यालयका कर्मचारीले कमिशन मागेर हैरान पार्ने गरेका सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *