कार्डिफ सिटीमाथि आर्सनलको जित

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गरेको छ । 

मंगलबार राति भएको खेलमा घरेलु टोली आर्सनलले कार्डिफ सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्ड्र लेकाजेट इमेरिक अबुमेयाङले गोल गरे । त्यस्तै कार्डिफ सिटीका लागि मेन्डेज लैङले गोल गरेका थिए ।  

पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा दुई गोल गर्दा कार्डिफले पनि एक गोल फर्काउन सफल भएको थियो । 

null

खेलको ६६औं मिनेटमा अबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए । त्यस्तै लेकाजेटले खेलको ८३औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । 

अतिरिक्त समयमा कार्डिफका लागि मेन्डेजले गोल गर्दै २–१ गोलको स्थितिमा पु¥याएपनि जित आर्सनललाई रोक्न भने सकेनन् । 

मंगलबार राति नै भएको खेलमा म्यान्चेस्टर युनाइटेड बर्नेलीसँग २–२ गोलको बराबरीमा रोकिएको छ । त्यस्तै, फुलह्यामले ब्रिगटोनलाई ४–२ गोलअन्तरले पराजित गर्दा वोल्भसले वेष्टह्यामलाई ३–० ले र एभर्टनले हडर्सफिल्डलाई १–० गोलअन्तरले पराजित गरेको छ । 

जितसँगै आर्सनलले २४ खेलबाट ४७ अंक बनाएको छ । पराजित कार्डिफको भने २४ खेलबाट १९ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *